Rule 25
प्रस्तावकले खुलाउनु पर्ने कुराहरु

(१) नियम २४ बमोजिम प्रस्ताव आव्हान भएको म्यादभित्र ईच्छुक व्यक्तिले देहाय बमोजिमका विवरण खुलाई विभागमा प्रस्ताव पेश गर्नु
पर्नेछ ः-
(क) प्रस्तावकसँग खनिज कार्यको लागि आवश्यक प“ुजी, यन्त्र, उपकरण, औजारहरु तथा विशेषज्ञता भएको वा विशेषज्ञको व्यवस्था गर्न सक्ने क्षमताको प्रमाण ।
(ख) अन्वेषणात्मक विकास तथा सम्भाव्यता अध्ययन गर्ने र खानी परियोजना कार्यान्वयन गर्ने तरिका र समय तालिका ।
(ग) खनिज कार्यको अवधिमा गर्ने विभिन्न चरणको न्यनूतम कार्यक्रम ।